दुर्घट्नामा एक जनाको मृत्यु


 


चितवन, माघ २५

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नारायणगढबाट हेटौँडातर्फ जाँदै गरेको ना४ख ९७०४ नम्बरको ट्रकले रत्ननगरको बकुलहर चोकमा ठक्कर दिँदा अन्दाजी २६ वर्षका एक युवकको मृत्यु भएको हो।

सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। उनको पहिचान भने खुल्न सकेको छैन।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्