विश्वकप लिग–२ : नेपाल अमेरिकासँग फेरि हार्यो


 


काठमाडौं, कार्तिक १८ । आईसिसी विश्वकप लिग– २ अन्तर्गत नेपाल घरेलु टोली अमेरिकासँग फेरि ३७ रनले पराजित भएको छ ।

अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे । सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भए ।

अमेरिकाका लागि सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएको थियो । अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले ।

यस्तै कप्तान मोनांक पटेलले ६७ रन, हरमिट सिंहले ५९ रन, आरोन जोन्स २६ रन र सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । योसँगै यस सिरिजमा नेपालले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो ।

प्रकाशित मिति: १८ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्