नेपाली माटोको नेपाल संवतलाई सम्बर्द्धन गरौं : प्रधानमन्त्री ओली
ललितपुर, कार्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतलाई सम्बर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल संवत् आयातित नभई नेपाली माटोको संवत् भएको बताए ।
उनले माध्यमिक तहका ऐच्छिक विषयमा पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्नेसमेत बताए ।
प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार