अष्ट्रेलियामाथि नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट


 


काठमाडौं, कार्तिक १७ । नेपालले ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनाउनसक्यो । अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए ।

नेपालका लागि प्रतिश जिशी एक्लैले तीन विकेट लिए भने लोकेश बम र विवेक यादवले एक एक विकेट झारे ।

त्यसअघि नेपालले नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए ।

यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए । अस्ट्रेलियका ज्याक हुडले दुई विकेट लिए । पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । आजको जितसँगै नेपाल समूह विजेता बनेको छ ।

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्