रुसले गुगलमाथि लगायो गन्न पनि गाह्रो हुने जरिवाना, पूरै सम्पत्ति बेचेर पनि नपुग्ने !
एजेन्सी । रुसको एक अदालतले युट्युबमा गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ ।
रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गन्न पनि गाह्रो हुने जरिवाना तोकिएको हो ।
रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको बताइएको छ ।१ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् ।
अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ ।
यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ ।
प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार