द हङकङ सिक्सेस : इङ्ल्यान्डलाई हराउँदै नेपालको विजयी शुरुवात


 


काठमाडौं, कार्तिक १६ । द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।

आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो ।

इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा चार ओभर दुई बलमा लक्ष्य पुरा ग¥यो । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।

यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए ।

नेपालले प्रतियोगिता पहिलो पटक खेलेको हो । प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्