यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, कार्तिक १६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैयाँ २६ र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्