भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका पूर्वमुख्यसचिव डा.अर्यालले पाए सफाइ


 


काठमाडौं, १४ कात्तिक। भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका पूर्वमुख्यसचिव डा.वैकुण्ठ अर्याललाई विशेष अदालतले सफाइ दिएको छ ।
सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिदा भ्रष्टाचार गरेकोे आरोपमा निलम्बित अर्याललाई बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो । सो मुद्दामा व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी थिए

यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन् ।

सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेका थिए र सरकारले उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्