राष्ट्रपतिले कात्तिक २५ देखि अजरबैजानको भ्रमण गर्ने साथै यी हुन मन्त्रिपरिषद्का १२ निर्णय
काठमाडौँ, १४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जानुहुने भएको छ ।
राष्ट्रपति पौडेल संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन बाकु भ्रमणमा जान लाग्नुभएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ देखि ३० गतेसम्मको भ्रमण कार्यक्रम स्वीकृत गरिएको जानकारी दिनुभयो ।
यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने निर्णय बैठकले गरेको छ । यससँगै बैठकले अन्य १२ वटा निर्णय गरेको छ ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार