नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री रंगशाला जाने
काठमाडौं, कार्तिक १४ । साफ महिला च्याम्पियनसिअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने भएका छन् ।
नेपाल र बंगलादेशबीच आज बेलुका साँढे ६ उपाधिका लागि हुने फाइनल खेल हेर्न प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् ।
उनले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार