कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, कार्तिक १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैयाँ २५ र बिक्रीदर १७५ रुपैयाँ ०३ पैसा रहेको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्