भन्सार छलेर ल्याइएका झन्डै ५ लाखको सामान बरामद
कैलाली । कैलालीबाट झन्डै ५ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतीय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी ४ लाख ६२ हजार ५० मुल्य बराबरको अबैध सामानहरु फेलापारी बरामद गरेको हो।
धनगढी उपमहानगरपालिकाको मिलनचोक र खेदाघाटबाट अन्दाजी ५७ हजार ५५० बराबरको कपडा र किरानाका सामान, भजनी नगरपालिकाको डक्टरघाट र ढुसीबाट अन्दाजी मुल्य २ लाख १९ हजार ५ सय बराबरको कपडा र सुर्तिजन्य पदार्थ त्यसैगरी कैलारी गाउँपालिका–५ मनिकापुरबाट अन्दाजी मुल्य १ लाख ८० हजार बराबरको आलु, गुड र मुनफली बरामद गरेको भने जोशीपुर गाउँपालिका–५ फाडियाबाट अन्दाजी मुल्य ५ हजार बराबरको चिनी बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।
बरामद गरीएका उक्त सामानलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार