आज बालुवाटार घेराउ गर्ने तयारीमा रास्वपा


 


काठमाडौं, कार्तिक १३ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) बालुवाटारमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने तयारी गरेको हो । सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ ।

लामिछानेविरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएपछि को छ । उनीविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्