विश्वकप लिग–२ : नेपालले आज स्कटल्याण्डसँग खेल्ने


 


काठमाडौं, कार्तिक १३ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति सवा ९ बजेबाट खेल सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा छ ।

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्