कति छ आजको विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, कार्तिक १३ । नेपाल राष्ट्र बैंकले आज –मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैयाँ २१ र बिक्रीदर १७४ रुपैयाँ ९९ पैसा रहेको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्