बिम्सटेकको बैठक आज पनि बस्दै


 


काठमाडाैं, माघ २४

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्सटेकको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकले उच्च अधिकारीको बैठकको तयारी र छलफलको एजेण्डा तय गर्नेछ । बैठकमा बिम्सटेकको क्षेत्रगत समीक्षा पनि हुने जनाइएको छ ।

संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका प्रतिनिधि तथा सदस्य राष्ट्रका प्रतिनिधि सहभागी छन । बैठकको नेतृत्व नेपाली प्रतिनिधि मण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन  ।

भोलि बस्ने सदस्य देशका विदेश मन्त्रालयका सचिवको बैठकले नेपालमा हुने चौथो बिम्सटेकको शिखर सम्मेलनको तयारी तथा मिति घोषणा गर्ने तयारी छ । यस्तै बिमस्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयका साथै बिमस्टेक संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा, कार्यान्वयनको स्थिति र भावी कार्ययोजनाबारे छलफल हुनेछ । बिम्सटेकले विभिन्न १४ वटा क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्