स्रोत नखुलेको ५ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ


 


रौतहट, कार्तिक १२ । स्रोत नखुलेको नेपाली पाँच लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी छन् ।

आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनी नगदसहित पक्राउ परेका हुन् ।

उनले बोकेको नाइलनको झोलामा पाँच सय थानको नेपाली पाँच लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए । बरामद रुपैयाँ मोटरसाईकलसहित भारतीय नागरिक चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्