रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने


 


काठमाडौँ, कार्तिक १२ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेपछि आन्दोलरत राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा आन्दोलन गर्ने भएको छ ।

रास्वपाले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि बालुवाटारमा प्रदर्शन गर्न आह्वान गरेका छन् । दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्