मलेसिया र कोरियासँग श्रम सम्झौता नवीकरण गरिँदै


 


काठमाडौँ, कात्तिक १२ । सरकारले दक्षिण कोरिया (इपिएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । दुवै देशलाई श्रम सम्झौता नवीकरणका लागि आवश्यक मसौदासहित पत्राचार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले मलेसियासँगको श्रम सम्झौता नवीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्र पठाइसकेको तर मलेसियाबाट जवाफ आउन बाँकी रहेको जनाएको छ ।

मलेसियासँग सन् २०१८ मा र कोरियासँग सन् २०१८ मा श्रम सम्झौता नवीकरण भएको थियो । मलेसियासँग चार वर्ष र कोरियासँग दुई वर्षको अवधिमा श्रम सम्झौता नवीकरण हुने प्रावधान छ ।

कोरियासँगको सम्झौताको म्याद सन् २०२० मा समाप्त भएको थियो भने मलेसियासँगको सम्झौता सन् २०२२ मा सकिएको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्