नेपाली नोटमा चार वर्षपछि चुच्चे नक्सा छापिँदै


 


काठमाडौं, कार्तिक १२ । नेपाल राष्ट्र बैंकले पहिलो पटक नेपाली नोटमा लिम्पियाधुरासहितको नेपालको नक्सा छाप्ने भएको छ । लिम्पियाधुरासहितको नक्सा जारी भएको करिब चार वर्षपछि राष्ट्र बैंकले पहिलो पटक १ सयका नोटमा नक्सा छाप्ने भएको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर २०७७ जेठ ३१ गते नेपालको नयाँ चुच्चे नक्सालाई पारित गरेको थियो । ग्लोबल टेन्डरमार्फत नोटमा नक्सा छपाइको ठेक्का चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना सार्वजनिक गर्दै सो कम्पनीलाई १ सय रुपैयाँ दरको नोट ३० करोड थान बराबर डिजाइन, मुद्रण, आपूर्ति र वितरणका लागि ठेक्का प्रदान गर्न आशयपत्र जारी गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्