सुनकाण्डमा पक्राउ परेका एसएसपीलाई अदालत लगिंदै


 


काठमाडाैं, माघ २४

सुनकाण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा सीआइबीको हिरासतमा रहेका एसएसपी खत्रीलाई थप अनुसन्धान गर्न प्रहरीले म्यादका लागि अदालतसँग अनुमति लिन लागेको हो ।

गत महिना त्रिभुवन अन्तरा्िष्ट्रय विमानस्थलबाट ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले खत्रीलाई हिजो दिउँसो प्रहरी मूख्यालय नक्सालबाटै पक्रेको थियो ।

खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीन जना कर्मचारीलाई पनि पक्रिसकेको छ ।

उनीहरुको बयानसमेतका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ । गत पुस २१ गते दुबई विमानस्थल हुदै ल्याइएको सुनसहित सीआइबीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्