बंगलादेश साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा


 


काठमाडौं । भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७ – १ को जित हात पार्दै फाइनल पुगेको हो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनको नाममा दुई गोल रह्यो। ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले सुरुवाती अग्रता लिएको थियो।

१५ औँ मिनेटमा पहिलो गोल गरेकी तोहुराले ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन्। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।

बंगलादेशले पहिलो हाफमा सुरुवात देखि नै भुटानमाथि दबाब बनाएको थियो । बंगलादेशले उपाधिका लागि अब नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्