विराज भट्टले किन फाले हलले दिएको फुलको गुच्छा ?


 


काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा अभिनेता विराज भट्टको एक भिडियो भाइरल छ । भिडियोमा भट्टले फूलको गुच्छा फालेको देख्न सकिन्छ । उक्त दृश्य नेपालगन्जको बागेश्वरी सिनेमा हलको हो ।

हलका म्यानेजरले स्वागतका लागि दिएको फूलको गुच्छा विराजले रिसाएर फलेका हुन् । विराजले आफ्नो फिल्मको पोस्टर नराखिएको भन्दै बागेश्वरी सिनेमा हलले स्वागतका लागि दिएको फूलको गुच्छा फालेका हुन् ।

उनले फिल्म रिलिज भएको तेस्रो हप्ता वित्दासम्म पनि फिल्मको पोस्टर नलगाएकोमा हलप्रति असन्टुष्टी व्यक्त गरेका छन् । विराज छोरा समीरसहित शुक्रवार दर्शकसँग साक्षात्कार गर्न बागेश्वरी हल पुगेका थिए ।

हलले भने विराजसँग मिस कम्युनिकेसनका कारण उक्त घटना घटेको जनाएको छ । यस विषयमा बुझ्न विराजसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विराजको निर्देशन र अभिनय रहेको ‘१२ गाउँ’ अहिले तेस्रो सातामा प्रदर्शनरत छ ।

फिल्ममा विराज, समिरका अलवा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतको अभिनय छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्