इजरायली आक्रमणमा चौपट भयो इरानी एयर डिफेन्सको राडार सिस्टम


 


तेहरान । इजरायलले इरानमाथि एकपछि अर्को गर्दै हमला गरिरहेको छ । एकै रातमा उसले इरानको साथै इराक र सिरियाका कयौँ स्थान पनि ध्वस्त पारेको छ ।

इजरायलले तेहरान, कजेस्तान रइलम प्रान्तमा केही सैन्य गढहरूलाई निशाना बनाएको छ । तीन इरानी अधिकारी र तीन वरिष्ठ इजरायली रक्षा अधिकारीहरूका अनुसार इजरायलको हमलामा तेल र पेट्रोकेमिकल रिफाइनरीको सुरक्षार्थ खटिएको कयौँ महत्त्वपूर्ण एयर डिफेन्स प्रणाली पूरै ध्वस्त भएको छ ।

अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा खुजस्तान प्रान्तमा रहेको बन्दरगाह विशाल इमाम खुमानी पेट्रोकेमिकल परिसर, यसैको नजिकमा रहेको प्रमुख आर्थिक बन्दरगाह बंदर इमाम खुमानी र आबादान तेल रिफाइनरीको सुरक्षामा तैनाथ एयर डिफेन्स ध्वस्त भएको छ ।

बढ्यो इरानको तनाव

इलम प्रान्तमा ग्यास क्षेत्रको रिफाइनरीको एयर डिफेन्ट प्रणालीमाथि पनि हमला गरिएको अधिकारीहरूले बताएका छन् । यीमध्ये एउटा प्रणाली इरानको तेल मन्त्रालयसँग सम्बन्धित थियो ।

इजरायली आक्रमणमा आफ्नो एयर डिफेन्स प्रणाली चौपट भएपछि इजरायल चिन्तित बनेको छ । भविष्यमा आफ्ना अन्य महत्त्वपूर्ण ऊर्जा र आर्थिक केन्द्र पनि असुरक्षित बन्ने हो कि भन्ने चिन्ताले इरानलाई सताइरहेको तीन इरानी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

यी हमलामा आफ्नो चार जवान मरेको इरानी सेनाले भनेको थियो । अमेरिकाले इजरायललाई इरानको ऊर्जा वा तेल क्षेत्र वा परमाणु केन्द्रमा हमला नगर्न अनुरोध गरेको थियो । यी महत्त्वपूर्ण साइटमा हमला गर्दा इरानी प्रतिक्रिया बढ्ने, विश्व अर्थतन्त्र अस्थिर हुने र व्यापक क्षेत्रीय युद्ध भड्किने डर अमेरिकालाई थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्