लागु औषधसहित दुई जना पक्राउ


 


रुपन्देही,माघ २४

रुपन्देहीको बुटवलबाट लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको मैनहिया–३ का २४ वर्षीय बैजनाथ बिक र काठमाडौं–३२ का ३४ वर्षीय कविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल–६ मा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुको साथबाट डाइजोपाम, फेनारगन र नुफिन बरामद गरेको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्