जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


 


काभ्रेपलाञ्चोक । प्रहरीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट जुवातास खेलिरहेका २१ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतवार म्याद थपको तयारी भइरहेको छ।

ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले यसअघि बुधवार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार रुपैयाँ नगद बरामद गरेको थियो ।

उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्