झापाका देशुको हत्यामा संलग्न तीन जना पक्राउ


 


झापा । झापा प्रहरीले एक युवाको हत्या आरोपा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-६ बस्ने ४२ वर्षीय प्रकाश कार्की,४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी-१० घर भई दमक दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी रहेका छन् ।

कात्तिक ६ गते अपराह्न साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा बस्ने ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्या भएको थियो।

उनको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पीडित परिवारले ७ जनाविरूद्ध जाहेरी दिएका छन्। प्रहरीले दुई वटा कार समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्