प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने – हतियार कसरी बिसाउन लगाउनुपर्छ मैले जानेको छु


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।

एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली माओवादीका अध्यक्ष प्रचण्डमाथि खनिएका हुन् ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै अफुहरुले हतियार मात्रै बिसाएका र चलाउन नबिर्षेको भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यसैको जवाफमा प्रधानमन्त्री ओलीले हतियार कसरी बिसाउन लगाउनुपर्छ आफूले जानेको भन्दै प्रचण्डलाई जवाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने ।’

प्रधानमन्त्रीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए । उनले हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने आफूलाई थाहा भएको पनि बताए ।

उनले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका आफूलाई थाहा भएको बताए ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्