लेखासमितिको बैठक बस्दै


 


काठमाडाैं, माघ २४

व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापति पदमा निर्वाचित भएपछि पहिलो पटक समिति बैठक बस्न लागेको हो ।

गत सोमबार भएको निर्वाचनमा एमाले सांसद पशुपति चौलागाईलाई ७ मतले पराजित गर्दै उपाध्याय लेखा समिति सभापतिमा निर्वाचित हुनु भएको हो ।

सिंहदरबारस्थित समिति कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा समितिको आगामी योजना तथा रणनितका विषयमा छलफल हुनुका साथै सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसुची रहेको जनाइएको छ ।

यसअघिका समिति सभापति जनार्दन शर्मा उर्जामन्त्री हुनुभएपछि लामो समयसम्म जेष्ठ दस्यबाट बैठक सन्चालन भएको थियो ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्