गाजामा इजरायली सेनाले आक्रमण गर्दा ३५ जनाको मृत्यु


 


एजेन्सी । इजरायली सेनाको आक्रमणमा परी गाजामा ३५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा इजरायली सेना आक्रमण गरेको हो । आक्रमणमा परी ५० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायलले गाजाको हरके क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँको अवस्था दयनीय बनेको छ।

गत वर्षको अक्टुबरदेखि जारी हमास र इजरायलबीचको युद्धमा हालसम्म ४३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्