थारू जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोकार्पित


 


चितवन, १० कात्तिक । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ ।

चितवनमा आज आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो ।

थारु कल्याण कारिणी सभा (थाकस) चितवनद्वारा प्रकाशित सो पुस्तकमा थारु समुदायको इतिहास र संस्कृतिको विषय समेटिएको छ ।

कृतिको चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले लोकार्पण गर्नुभयो । लामो समयदेखि लेखनमा सक्रिय रहनुभएका महतोले पुस्तक पठनीय बनाउन प्रयास गरिएको बताउनुभयो । थारु समुदायको इतिहासबारे विभिन्न तर्क गरिए पनि त्यसमा गहन अध्ययन गरी आफ्नो विचार तथा दस्ताबेज पुस्तकमा समेटिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्