कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, कार्तिक १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन यूरो १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा रहेको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्