सहकारी ठगीमा जीबी राईका अर्का साझेदार खनाल पक्राउ


 


पोखरा, कार्तिक १० । सहकारी ठगी प्रकरणमा जीबी राईका अर्का साझेदार रामप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेसनलमा गीतेन्द्रबाबु (जीबी) राईसँगै सञ्चालक रहेका खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका खनाललाई शुक्रबार नै हवाईमार्गबाट पोखरा ल्याइएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । उनका अनुसार खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको थियो ।

खनाल जीबी राई सञ्चालक रहेको गोर्खा ग्रुप अफ कम्पनी लिमिटडका पनि सेयरधनी हुन् ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्