चक्रवात ‘दाना’को प्रभाव : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


 


काठमाडौँ, कार्तिक १० । देशभर पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव रहेको छ । जसले गर्दा हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । शनिबार राति कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्