वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने


 


काठमाडौं ९ कात्तिक। वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका छन् ।

यस अघि ७ लाख पाउँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख बढाएर १० लाख पुर्याउने निर्णय भएको मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यो निर्णय भएको जानकारी गराए ।

उनका अनुसार यदि वैदेशिक रोजगारीमा गएको कुनै पनि व्यक्ति बिरामी परेर उपचार गर्दा गर्दै मृत्यु भएमा पनि उसले उपचार खर्च र मृत्यु भएपछि पाउने १० लाख पनि क्षतिपूर्ति पाउनेछ । तर त्यो श्रमिकले श्रम स्वीकृति भने लिएको हुनुपर्ने मन्त्री भण्डारीले जानकारी गराए ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्