रवि लामिछाने पक्राउ विरोधमा काठमाडौंमा पनि रास्वपाको प्रदर्शन


 


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेपछि रास्वपाका कार्यकर्ताहरु प्रदर्शन उत्रिएका हुन् ।

विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।

सभापति लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्