जम्मू कश्मीर : चरमपन्थी हमलामा दुई भारतीय सैनिकको मृत्यु


 


जम्मू । जम्मू कश्मीरको बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा भएको चरमपन्थी हमलामा दुई सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मारिने दुवै सैनिकको नाम सार्वजनिक गरेको छ ।

भारतीय सेनाको शाखाका अनुसार मारिने सैनिकमा चिनार कोरले राइफल म्यान कैसर अहमद शाह र राइफल म्यान जीवन सिंह रहेका छन् । चिनार कोरले उनीहरूको असीम बहादुरी र बलिदानलाई सलाम गर्ने बताएको छ।

शुक्रबार भारतीय सेनाको गाडीमा चरमपन्थी हमलाको खबर सार्वजनिक भएको थियो । भारतीय सेनाका अनुसार यस हमलामा अन्य दुई सैनिक र दुई भरिया घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला र एलजी मनोज सिन्हाले यस हमलाको कडा निन्दा गर्दै शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्