कञ्चनपुर घटना : मृतक दम्पतीको टाउकोमा चोट देखियो, हत्या भएको आशङ्का


 


काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमा मृत भेटिएका दम्पतीको टाउकोमा चोट देखिएको छ । ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायक शुक्रवार बिहान मृत भेटिएका हुन् ।

उनीहरूको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । उनले भने, ‘पत्नी कमलाको चाहिँ मुखमा पनि चोट देखिएको छ ।’

उनीहरूको हत्या भएको प्रहरीको आशङ्का छ । तालिमप्राप्त कुकुर परिचालन गरेर अनुसन्धान थालिएको डिएसपी जोशीले जानकारी दिए । टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने प्रहरीको आकलन छ । चिकित्सकले घाउ जाच परीक्षण गरेपछि कस्तो प्रकारको चोट लागेको भन्नेबारे पत्ता लाग्ने डीएसपी जोशीले बताए ।

अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय धनगढीबाट तामिल प्राप्त कुकुर घटनास्थलमा पठाइएको छ

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्