आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


 


काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

बिहीबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने केही घटेको छ ।

बिहीबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्