कञ्चनपुरमा दम्पतीको शव फेला, हत्याको आशंका


 


कञ्चनपुर । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका हुन्।

धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको छ ।

उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका हुन् ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्