ओडिशामा दाना चक्रवातको असर : १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, ३०० उडान रद्द


 


एजेन्सी । दाना आँधीको प्रभावले भारतको ओडिशामा लगातार वर्षाका भइरहेको छ । वर्षाका कारण ओडिशामा अचानक बाढी आउने चेतावनी दिइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ ।

सावधानीका रूपमा ओडिशाका १४ जिल्लाका १० लाख मानिसलाई अन्यत्र सारिएको छ।

जबकि पश्चिम बंगालमा ३.५ लाख मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ । आँधीका कारण बंगाल र ओडिशामा ३०० उडान र ५५२ ट्रेनहरू रद्द गरिएका छन् ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्