प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको हो । बैठकमा गठबन्धनमा रहेका सबै दललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको भावी कार्ययोजनामा गठबन्धनको साझा धारणा बनाउन छलफल हुने बताइएको छ ।

साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्