यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, कार्तिक ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो १ को खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्