सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ


 


काठमाडौँ, ८ कात्तिक । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको हेटौँडाको टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट बिहीबार पक्राउ गरेको छ ।

आयोगका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्