झापा ११ बेलबारी गोल्डकपको फाइनल प्रवेश


 


विराटनगर ८ कात्तिक। मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा झापा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

लुम्बिनी फुटबल क्लबलाई २ सुन्य गोल अन्तरले हराउँदै झापा ११ फाइनलमा प्रवेश गरेको हो। झापाको जितका लागि दुवै गोल आशिष् चापागाईँले गरे ।

दुई गोल गर्ने आशिष् आजको खेलमा म्यान अफ द म्याच घोषित भए ।

चापागाईँलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद पाँच हजार सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबिच हुनेछ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्