राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु


 


बुटवल ८ कात्तिक । रप्ती नुहाउने क्रममा डुबेर दाङका तीनजनाबालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका –२ रनियाँपुरका १२ वर्षीया झरना चौधरी, १२ वर्ष कै निशा चौधरी र गढवा गापा–४ खडकपुर घरभइ हाल लमही नगरपालिका –५ लमही गल्ली बस्ने १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्