साफ वुमन्स च्याम्पियनसीपमा श्रीलङ्काविरुद्ध ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता


 


काठमाडौँ ८ कात्तिक। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलङ्कालाई ६–० ले हराउँदै शानदार जित हासिल गरेको छ ।

जितसँगै नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को बी समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तीमा ६० को जित चाहिएको थियो ।

आज भएको खेलमा रेखा पौडेलले २ गोल, सावित्रा भण्डारीले १ गोल, सविता रानामगरले १ गोल, अमिसा कार्कीले १ गोल र अतिरिक्त समयमा रश्मि कुमारी घिसिङले १ गोल गर्दै नेपाललाई ६–० कै जित हासिल भयो ।

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ । आइतबार नै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्