सरकार विपक्षी दलका नेतालाई छानिछानी जेल हाल्ने काममा लागेको छ : अग्नि सापकोटा


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् ।

प्रवक्ता सापकोटाले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाए ।

सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाए ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्