जाउलाखेल मैदानमा आजबाट फूल मेला सुरु


 


काठमाडौँ । ललितपुरको जाउलाखेल मैदानमा आजबाट फूल मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो । यो मेला आइतबारसम्म जारी रहने आयोजक पक्षले जनाएको छ ।

विगत वर्ष झैँ यो वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराएको एसोसिएसनका महासचिव हिरामणि शर्माले बताए ।

सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री भइरहेका छन् । चार दिनमा ४० हजार बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्