रवि र छविको म्याद थप सम्बन्धी बहस हुँदै गर्दा समर्थक र पीडितको छुट्टाछुट्टै प्रदर्शन


 


कास्की । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।

कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको हो । यसअघि अदालत खुल्नासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई म्याद थपका लागि उपस्थित गराएका छन् ।

यसैबीच उनीहरुको म्याद थप भइरहेको बेला अदालत नजिकै रास्वपाका कार्यकर्ता र पीडितहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

पोखरास्थित अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेधका रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका हुन् भने यस्तै सहकारी पीडितहरुले पनि मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका हुन् ।

दुई पक्षको प्रदर्शनबाट हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। रवि कात्तिक ६ र छवि असोज ६ मै काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्